📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

🕒 May 31, 2022

बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दासमेत पाठ्यपुस्तक नपुगेका हुन् । यही जेठ १ गतेदेखि नै शैक्षिकसत्र सुरु भएकामा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध विद्यालयहरुले जनाएका छन् । नयाँ शैक्षिक सत्रसँगै विद्यालय खुले पनि जिल्लामा पाठ्यपुस्तकको अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत विद्यालयका शिक्षक शङ्करराम ओडले बताउनुभयो ।

एक–दुई दिनभित्रै जिल्लामा पाठ्यपुस्तक आइपुग्ने आफूले जानकारी पाएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक विद्यालयलाई ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म पाठ्यपुस्तक पुगेका छैनन् ।स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र एक हप्ताभित्र जिल्लामा पाठ्यपुस्तक वितरण हुन सक्ने एकाइ प्रमुख अवस्थीको भनाइ थियो । जिल्लामा ५४० सामुदायिक विद्यालय छन् ।