पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या – News Nepal Media
Trend

बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दासमेत पाठ्यपुस्तक नपुगेका हुन् । यही जेठ १ गतेदेखि नै शैक्षिकसत्र सुरु भएकामा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध विद्यालयहरुले जनाएका छन् । नयाँ शैक्षिक सत्रसँगै विद्यालय खुले पनि जिल्लामा पाठ्यपुस्तकको अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत विद्यालयका शिक्षक शङ्करराम ओडले बताउनुभयो ।

एक–दुई दिनभित्रै जिल्लामा पाठ्यपुस्तक आइपुग्ने आफूले जानकारी पाएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक विद्यालयलाई ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म पाठ्यपुस्तक पुगेका छैनन् ।स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र एक हप्ताभित्र जिल्लामा पाठ्यपुस्तक वितरण हुन सक्ने एकाइ प्रमुख अवस्थीको भनाइ थियो । जिल्लामा ५४० सामुदायिक विद्यालय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP