📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

आयोजनाको म्याद थपियो काम सकिएन

🕒 June 6, 2022

कैलालीको टीकापुर नगरपालिकाको परिसरभित्र माटो पटानी, घेरा पर्खाल निर्माण तथा दुई प्रवेशद्वारलगायतका संरचना निर्माणको कामका लागि नगरपालिकाले २०७७ असार ३ गते एउटा निर्माण कम्पनीलाई ठेक्का दियो ।

ठेक्का पाएको कर्णाली निर्माण सेवाले काम सुरुआत गरेको तीन वर्ष पुगेको छ । सम्झौतामा नगरपालिकाले २०७७ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने जनाउँदै सम्झौता गरेको थियो । अहिलेसम्म नगरपालिकाले त्यहीँ आयोजनाको लागि सम्झौता भएको मितिदेखि हालसम्म तीन पटक म्याद थप गरिसकेको छ । निर्माण कम्पनीले नगरपालिकाको भित्री परिसरमा माटो पटानी, ग्राभेल हाल्ने काम सम्पन्न गरेको भने पनि अझै कैयौँ ठाउँमा खाल्डाखुल्डी रहेका छन् । घेरा पर्खालको काम पनि पूर्णरुपमा सम्पन्न भएको छैन । दुईवटा प्रवेशद्वार निर्माण गर्नुपर्ने भए पनि एउटा प्रवेशद्वारको काम यतिबेला भइरहेको छ । पश्चिम तिरको प्रवेशद्वार निर्माणको काम सुरु भएपनि दक्षिणतिरको प्रवेशद्वार निर्माणको अझै टुङ्गो लागेको छैन ।

नगरपालिकाले उक्त आयोजनाको लागि रु ७५ लाखको ठेक्का सूचना निकालेको थियो । सो निर्माण कम्पनीले ५५ लाख ४० हजार ८७६ रुपैयाँ १३ पैसामा ठेक्का पाएको थियो । आयोजनाको काम सम्झौताको सयमा सम्पन्न नहुँदा नगरपालिकाले २०७७ चैत मसान्तसम्मका लागि ठेक्काको म्याद थपेको योजना शाखा प्रमुख नवराज जोशीले जानकारी दिनुभयो । त्यो समयावधिमा पनि काम नसकिएपछि पुनः २०७८ पुस मसान्तसम्म म्याद थप भएको थियो । अहिले आयोजनाको म्याद सकिएको पनि पाँच महिना भइसकेको छ । “नगरपालिकाबाट काम छिटो सम्पन्न गर्न ताकेता पत्र समेत पठाइसकेका छौं । मौखिकरुपमा जानकारी गराउँदा त्यसको कार्यान्वयन नभएपछि पत्र नै पठाउनुपरेको हो ।” योजना शाखा प्रमुख जोशीले भन्नुभयो, “अहिले काम गरिरहेको छ । अब प्रवेशद्वार निर्माणको काम छ । काम भइरहेको छ । हेराँै कतिसम्म गर्न सक्छन् ।”

निर्माण कम्पनीले नगरपालिकाबाट हालसम्म रु २२ लाख ५२ हजार भुक्तानी भइसकेको छ । नगर उपप्रमुख खडकबहादुर शाह नगरपालिकाका इन्जिनियरहरुलाई कामको गुणस्तर र समयमै काम सम्पन्न नभए त्यसको जवाफ निर्माण कम्पनीका सञ्चालकले नभई नगरपालिकाका इन्जिनियरहरुले दिनुपर्ने बताउनुहुन्छ ।

निर्माण कम्पनीका सञ्चालक नरबहादुर ठकुल्लाले सम्झौता नै आर्थिक वर्षको अन्तिममा भएको जनाउँदै कोरोनाको कारण पनि कामका ढिलाइ भएको बताउनुभएको छ । उहाँले अन्तिम पटक नगरपालिकालाई आयोजनाको म्याद थपका लागि पत्र पठाएको र मङ्सिरसम्म काम सम्पन्न गर्ने जानकारी दिनुभएको छ ।