📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा

🕒 June 6, 2022

जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकासन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ ।

यसैगरी, जेठ २५ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाश गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने जेठ २६ गते मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम अघि सारिएको छ ।

जेठ २७ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र जेठ ३० गते मतदान गर्ने कार्यक्रम तय गरिएको छ । मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षितरुपमा प्राप्त गरेपछि मात्रै मतगणनाको कार्य सुरु हुने बताइएको छ । निर्वाचन सम्बन्धित मतदान केन्द्रमा हुने जनाइएको छ ।