📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पोखरामा

🕒 June 6, 2022

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ ।गत वर्ष कोभिड–१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति प्रदान गरेपश्चात् आगामी असोज ५ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सङ्घले जनाएको छ ।

सो प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० खेलाडी, रेफ्री, अफिसियल गरी दुई हजारभन्दा बढी विदेशी खेलाडी र खेल पदाधिकारी सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष एवं नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश शमशेर राणाले बताउनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता भएको र सोको तयारीका लागि कम्तीमा पाँच महिना समय लाग्ने भएकाले अहिलेदेखि नै आवश्यक तयारीका काम अघि बढाइएको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो वरियताका लागि खेल्ने छन् । प्राप्त अङ्कका आधारमा खेलाडीको अन्तर्राष्ट्रिय वरियता तय हुने बताइन्छ ।

विश्व तेक्वान्दो सङ्घले मान्यता प्राप्त गरेको ‘जि टु’ खेल खेलाइने भएकाले सहभागी सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् ।

नेपालको परिवेशमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा सबै लाग्नुपर्ने देखिएको महासचिव दीपराज गुरुङले बताउनुभयो । प्रतियोगितामा सिनियर महिला÷पुरुषतर्फ आठ÷आठ र जुनियरतर्फ १०÷१० वटा तौल समूहका खेल हुनेछन् । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगिताका लागि रु दुई करोड खर्च लाग्ने अनुमान गरिएको र सङ्घ÷प्रदेश, स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट सहयोगको अपेक्षा गरिएको सदस्य सचिव जगनबहादुर गुरुङले बताउनुभयो ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्रसेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायीसमेतको ५१ सदस्यीय सल्लाहकार समिति समेत गठन भइसकेको बताइन्छ ।

प्रतियोगिताबाट नेपाली तेक्वान्दो खेलाडीले अनुभव प्राप्त गर्नसक्ने भएकाले आगामी दिनहरुमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि खेलाडीलाई सहज हुने विश्वास गरिएको छ ।