📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बेलायती शैक्षिक मेला हुने

🕒 June 6, 2022

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गत ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका निर्देशक विनय अधिकारीले मेलामार्फत नेपाली विद्यार्थी र अभिभावकले ३० भन्दा बढी बेलायतीका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पाठ्यक्रम, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने बताउनुभयो । निर्देशक अधिकारी बेलायती शिक्षा प्रणाली र गैरआवासीय नेपाली समुदायबारे जानकार अभियानकर्मी पनि हुनुहुन्छ ।

एसआइ युके नेपालका देशीय व्यवस्थापक अस्गर हुँसेनका अनुसार फेयरमा उपस्थित हुने विद्यार्थीले त्यहीँबाट विदेश अध्ययनको प्रक्रिया सुरु गर्नसक्ने र उसले निःशुल्क आइइएलटिएस., निःशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिसँग जानकारी दिलाउन संस्थाले यस्तो मेला गर्दै आएको छ ।

मेलामा तीन हजार ७५ ले एसआई युकेको वेबसाइटमार्फत सहभागिता दर्ता गरिसकेको जनाइएको छ । एसआइ युकेका कार्यालय विश्वका ४० देशमा सञ्चालन छन् भने
यसले ७९ ठाउँमा ग्लोबल अफिसमार्फत १५८ विश्वविद्यालयसँग आबद्ध भई विगत १६ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको छ ।