📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नदी नियन्त्रण योजनामा बदमासी

🕒 June 6, 2022

मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा बदमासी भएको छ ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माणका क्रममा कमसल निर्माण सामग्रीको प्रयोग गरेको भेटिएको हो । डिजाइन र लागत अनुमानअनुसार गिट्टी, बालुवा र सिमेन्ट राखेर पर्खाल बनाउने सम्झौताविपरित ठूला आकारका ढुङ्गा राखेर ढलान गरिएको स्थानीयवासी मोतिराज गौतमले बताउनुभयो ।

“जेठ २१ गते रातिको समयमा ढलान गरिएका थियो”, उहाँले भन्नुभयो “फर्मा निकालेपछि हेर्न जाँदा गिट्टीको ठाउँमा ठूला ढुङ्गा हालेकाले पर्खालमा प्वालै प्वाल परेको भेटियो ।” निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदीले पर्खाल निर्माणमा बदमासी गर्न खोजिएकाले छानविन गरेर गुणस्तर परीक्षण र पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो ।

दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन गाउँपालिकाको रु एक करोडभन्दा बढी लगानीमा दुई प्याकेजमा पक्की पर्खाल निर्माण भइरहेको छ । गत वर्ष हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्सनले ठेक्का लिएको पर्खाल निर्माणमा बदमासी भएको स्थानीयवासीले बताएका छन् ।

सो कम्पनीले ४२ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न गत वर्ष रु ५६ लाखमा ठेक्का लिएको थियो । गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएकाले यसपाली पूर्णता दिन ठेक्काको म्याद थपिएको हो ।

यस वर्ष विनियोजन भएको रु एक करोड बजेटको काम प्रतिस्पर्धामार्फत कार्यशक्ति कन्ट्रक्सन काठमाडौले रु ६४ लाखमा ठेक्का लिएको थियो । सो ठेक्काअन्तरगत ५६ मिटर लामो र सात मिटर पक्की पर्खाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गत वर्ष निर्माणाधिन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले निर्माणाधिन पर्खालको अनुगमन गरि ठुलो आकारको गिट्टी राखेका कारण ढलान बिग्रीएको पाइएको बताउनुभयो ।

विग्रिएको खण्ड भत्काएर नयाँ ढलाल गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको प्रशासकीय अधिकृत काफ्लेले बताउनुभयो । करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । विसं २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको छ ।