चट्याङ लागेर मृत्यु – News Nepal Media
Trend

मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रनाउ कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP