📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नमोबुद्धका किसानलाई बाख्रा वितरण

🕒 June 7, 2022

किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा उक्त वडाका ४५ किसानलाई नगरप्रमुख कुनसाङ लामाले बाख्रा वितरण गर्नुभएको छ । नगरप्रमुख लामाले किसानको आर्थिक अवस्था उकास्नका लागि आवश्यक बजेट व्यवस्थापन गरी बाख्रा वितरण गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले यसअघि पनि किसानलाई उन्नत जातका बाख्रा, पाडीका र कृषि औजार वितरण गरेर किसानको आर्थिक अवस्थामा सुधार ल्याउने प्रयास गरिएको बताउनुभयो । वितरण गरिएका बाख्राको बीमा गरिएको नगरपालिकाका कृषि तथा पशु शाखा प्रमुख चीरञ्जीवी शर्माले जानकारी दिनुभयो । सो ठाउँका ९४ किसानलाई बाख्रा वितरण गर्ने लक्ष्य राखिएको शर्माले बताउनुभयो । एउटा बाख्राको १४ हजार लागत रहेकोमा किसानले रु एक हजार व्यहोरेका छन् ।