बिहिबार , साउन १६, २०८२
नमोबुद्धका किसानलाई बाख्रा वितरण – News Nepal Media
Trend

किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा उक्त वडाका ४५ किसानलाई नगरप्रमुख कुनसाङ लामाले बाख्रा वितरण गर्नुभएको छ । नगरप्रमुख लामाले किसानको आर्थिक अवस्था उकास्नका लागि आवश्यक बजेट व्यवस्थापन गरी बाख्रा वितरण गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले यसअघि पनि किसानलाई उन्नत जातका बाख्रा, पाडीका र कृषि औजार वितरण गरेर किसानको आर्थिक अवस्थामा सुधार ल्याउने प्रयास गरिएको बताउनुभयो । वितरण गरिएका बाख्राको बीमा गरिएको नगरपालिकाका कृषि तथा पशु शाखा प्रमुख चीरञ्जीवी शर्माले जानकारी दिनुभयो । सो ठाउँका ९४ किसानलाई बाख्रा वितरण गर्ने लक्ष्य राखिएको शर्माले बताउनुभयो । एउटा बाख्राको १४ हजार लागत रहेकोमा किसानले रु एक हजार व्यहोरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP