📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

विद्यालयमाथि छानविन

🕒 June 8, 2022

पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानविन गरी कारवाही गर्न सुरुआत गरेको छ । केही सामुदायिक विद्यालयहरुले मापदण्डअनुसार विद्यार्थीहरुलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष ०७८÷७९ मा पालिकाभित्रका कूल १४ सामुदायिक विद्यालयमा विद्यार्थीहरुका लागि एक सय दिनको खाजा खर्चस्वरुप रु ५० लाख ती विद्यालयहरुमा विनियोजन गरिएको थियो । विन्ध्यवासिनीका अध्यक्ष प्रमोद तिवारीले तालिकाअनुसार विद्यार्थीलाई खाजा नखुवाउने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
पालिकाले विद्यालय खुल्ने दिन विद्यार्थीहरुलाई आवश्यक पौष्टिक तत्व पुग्ने गरी प्रत्येक दिन फरक फरक तरिकाको खाजाको परिकारसहित खाजा तालिका निर्धारण गरेको छ । यद्यपि सो खाना तालिकाभन्दा गुणस्तरहीन खाना खुवाउने विद्यालयलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो ।

विद्यार्थी कुटपिटको आरोप

वीरगञ्ज महानगरपालिका–१५ पिपरास्थित गुरुकुल एकेडमीमा कार्यरत शिक्षकबाट एक विद्यार्थी कुटपिट गरिएको आरोपमा विद्यार्थीका आफन्तद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । शिक्षक राजबाबु कुमारले कक्षा ७ मा अध्ययनरत १५ वर्षीय रिजुराज सिंहमाथि कुटपिट गरेको उल्लेख गर्दै विद्यार्थीका बुबा मन्टुकुमार सिंहले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो ।

शिक्षक राजाबाबुले कक्षा कोठामा हल्ला गरेको निहुँमा पटकपटक विद्यार्थी रिजुराजमाथि टाउकोलगायत शरीरका विभिन्न भागमा कुटपिट गरेको विद्यार्थीका बुबा सिंहको आरोप छ । सिंहका अनुसार शिक्षक राजाबाबुले स्टिलको स्केलले टाउको र पिठ्यूँमा तथा गालामा रिजुराजलाई पटक पटक कुटपिट गर्दै आएका छन् । गुरुकुल एकेडमीमका प्रधानाध्यापक रामबाबुप्रसाद साहले विद्यार्थीलाई कुटपिट नभएको अभिभावकले अफवाह मात्र फैलाएको प्रतिक्रिया दिनुभयो ।