📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

टेलिकमका सेवा चार दिनदेखि अवरुद्ध

🕒 June 14, 2022

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ ।

अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले जानकारी दिनुभयो । सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन् । अप्टिकल बे्रक भएका ठाउँमा मर्मत चलिरहेको टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जीनियर प्रकाश भट्टले बताउनुभयो ।

अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको बताइएको छ । अन्धाधुन्धरूपमा डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कारबाही गर्न सेवाग्राहीले माग गरेका छन् । टेलिकम महेन्द्रनगर शाखाका प्रमुख भट्टले टेलिकमको लाइन काट्नेलाई कानुनी कारबाहीका लागि पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।