📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कालीकोट सदरमुकाममा खानेपानी व्यवस्थापनमा सक्रियता

🕒 June 17, 2022

कालीकोट सदरमुकाममा खानेपानीको व्यवस्थापन गर्न वडाध्यक्षले सक्रियता देखाउनुभएको छ । सदरमुकाममा रहेको मान्म बजारमा खानेपानीको समस्या समाधान गर्नका लागि खाडाँचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज टमट्टाले सक्रियता देखाउनुभएको हो ।

नगरपालिकाको मान्म बजारमा सधैँ खानेपानीको अभाव हुँदै आएको छ । पानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीय बनेका आक्रोशित थिए । खानेपानीको अभावमा मान्मका नागरिकले टाढाबाट पानीको जोहो गर्नुपर्ने बाध्यतालाई कम गर्न वडाध्यक्ष टमट्टा एक समिति नै बनाएर आफैँ पानीका लागि दिनरात खटिनुभएको छ ।

“वडाका नागरिकले सबैभन्दा बढी पानीको समस्या झेल्नु परेको छ, पानीको समस्या समाधान नै मेरो प्रमुख एजेन्डा हो”, उहाँले भन्नुभयो, “पानीको व्यवस्थापन गरिसकेपछि मान्मको फोहर व्यवस्थापनमा लाग्छु ।”

खानेपानी समितिले पानीको व्यवस्थापनमा चासो नदेखाएपछि मान्ममा खानेपानीको अभाव हुँदै आएको छ । खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरुपता नभएपछि खानेपानीको अभाव भएको खाडाचक्रमा बसोबास गर्ने नागरिकले बताउने गरेका छन् ।

खानेपानीमा पनि पहुँचवालाको हालीमुहाली रहेको र सर्वसाधारणका धारमा पानी आउँदैन तर पहुँचवालाहरुको धारमा २४ सैं घण्टा पानी आइरहेको हुन्छ भन्ने गुनासो व्यापक रुपमा आएपछि सिधै जोडिएका सबै पानीका लाइन काटिएको वडाध्यक्ष टमट्टाले बताउनुभयो । “अहिले हामीले विभिन्न सरकारी कार्यालयमा पनि नागरिकले पाउने गरी लाइन विस्तार गरेका छौँ, अन्य लाइन काटिदिएका छौँ”, उहाँले भन्नुभयो, “२५÷२६ धारा सिधै जोडिएका थिए ती सबै काटेका छौँ, अब सबै नागरिकको धारामा पानी आउँछ ।”