📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

घाँसमा आधारित पशुपालन किसानलाई किम्बु वितरण

🕒 June 17, 2022

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घाँसमा आधारित पशुपालन किसानलाई ३० हजार किम्बु घाँसका बिरुवा प्रदान गरेको छ । व्यावसायिक रुपमा पशुपालन गरेका किसान समूह र व्यक्तिगत किसानलाई किम्बुका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको हो ।

कार्यालयले चितवनको भण्डाराबाट प्रति बिरुवा ढुवानीबाहेक रु दुईका दरले तीस हजार बिरुवा खरिद गरेर किसानलाई वितरण गरिएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिनुभयो ।

छोटो समयमा धेरै घाँस उत्पादन हुने र एक वर्षमा पाँच पटकसम्म घाँस काट्न सकिने हुँदा किम्बु घाँस प्रभावकारी रहेको उहाँले बताउनुभयो । कार्यालयले नेपियर, स्मार्ट नेपियर, बदामे, नेपियर सिओ ३ र ४ लगायतका घाँसका बिरुवा निःशुल्क प्रदान गर्दै आएको सो कार्यालयले जनाएको छ । किम्बुका बिरुवा समूहमा दुई हजार पाँच सयका दरले र व्यक्तिलाई १०० देखि १५० का दरले प्रदान गरिएको छ ।

“थोरै क्षेत्रफलमा पनि धेरै घाँस उत्पादन गर्न सकिने हुँदा विभिन्न उन्नत जातका घाँसका बिरुवा किसानलाई प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो “भेटेरिनरी अस्पतालले बीस हजार बिरुवा उत्पादन गरिरहेकाले उक्त बिरुवा पनि किसानलाई निःशुल्क वितरण गरिनेछ ।” कार्यालयका अनुसार कार्यालय परिसरमा राइखनियो दुई हजार ५००, निवारो पाँच हजार र रेड नेपियर एक हजार नर्सरीमा उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।