📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पुसभित्र नगरवासीले पाउलान् त शुद्ध खानेपानी ?

🕒 June 20, 2022

बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको प्रश्नमा आयोजना प्रमुख कुलप्रसाद पौडेल र लिफ्ट खानेपानी आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रमुख वृहस्पति गौतमले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
लामो समयदेखि अलपत्र परेको आयोजना समयमै पूरा नहुँदा नगरक्षेत्रमा पानीको समस्या भएपछि नगरपालिकाले चासो दिएको हो । “जनताले छिटो र गुणस्तरीय पानी खान पाउनुपर्छ” नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयो,“कुनैपनि बहानामा ढिला गरिने काम स्वीकार्य
छैन ।” उहाँले पुस मसान्तपछि एक दिन पनि जनताले कुर्न नसक्ने समेत बताउनुभयो ।

ठेकेदार गौतमले भने इलेक्ट्रोनिक्स सामग्री एलसी खोलेर ल्याउनुपर्ने भएकाले राज्यका निकायले एलसी खोल्ने काममा साथ दिनुपर्नेमा जोड दिनुभयो । “कतिपय अवस्थामा एलसी खोल्न र सामग्री ल्याउने काममा भन्सारमा समस्या हुन्छ, त्यसैले सरकारी निकायले सहजीकरण गरिदिनुपर्छ” उहाँले भन्नुभयो, “काम ८० प्रतिशत सकिएको छ, अब सामान फिटिङ र रङगरोगनको काम मात्र भएकाले समयमै सम्पन्न गर्न सकिन्छ ।” ठेकेदार गौतमले एलसी खोलेपछि तीन महिनामै सामान ल्याउन सकिने बताउनुभयो ।
आयोजना प्रमुख पौडेलले ढिला भए ठेकेदारलाई कारबाही गरिने बताउनुभयो । उहाँले कानुनीरुपमा कारबाही गर्नपर्ने स्थिति सिर्जना नभएसम्म दबाब मात्र दिन सकिने बताउनुभयो । “अब भने कानुनीरुपमा कालो सूचीमै राख्न सकिने अवस्था आउँछ” उहाँले भन्नुभयो, “भौगोलिक कठिनाइका कारण कतिपय काम ढिला भएको हो ।” बानपा–३ को कैलाम पोखरीबाट लिफ्टमार्फत भीरलाकुरी लगेर बजार क्षेत्रमा पानी खुवाउने योजना छ ।
बागलुङ बजारमा हाल वितरित पानी धमिलो र गुणस्तरहिन भएकाले उपभोक्ताले विरोध गर्दै आएका छन् । स्वच्छ पानीका लागि आन्दोलन गरेका उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पछि प्रशासनले स्वच्छ पानी खुवाउनका लागि पहल गर्दै उपभोक्ताको हितमा काम गर्न समितिलाई निर्देशनसमेत दिएको छ ।
सदरमुकामदेखि झण्डै १२ किमी पश्चिमको भुँदीखोला र रेशखोलाबाट ल्याइएको पानी बागलुङ बजारमा वितरण गरिएको छ । उक्त पानीको पाइपलाइन पटक–पटक बिग्रेर मर्मत गर्दा लामो समयसम्म बजारमा खानेपानी अभाव हुँदै आएको छ । हाल पानी आइरहेको मुहान खुला भएको र पहाडी क्षेत्रबाट आउने भल सोझै पस्ने भएकाले धमिलो पानी आउने समितिका उपाध्यक्ष नीरज शाक्यले बताउनुभयो ।आइतबार नगरप्रमुख श्रेष्ठ सहितको टोलीले पानीको मुहान अवलोकन गरेर तत्काल सफा पानी खुवाउने अवस्था सिर्जना गर्न समिति, प्राविधिक र आयोजना समेतलाई आग्रह गर्नुभएको थियो ।