📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

जोशीपुरको नीति तथा कार्यक्रम ः स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा

🕒 June 24, 2022

कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको बिहीबार भएको आठौँ गाउँसभामा अध्यक्ष चित्रबहादुर चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालनलाई प्राथमिकता दिएको छ ।

जोशीपुर गाउँपालिकाको प्रमुख आधारका रुपमा रहेका कृषि क्षेत्र सुधारका लागि कृषिमा विविधीकरण, व्यावसायीकरण, आधुनिकीकरणमा जोड दिने कार्यक्रमलाई निरन्तरता दिने नीतिमा उल्लेख छ । अण्डा, मासु र दूधमा आत्मनिर्भर हुन पशुजन्य उत्पादन प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकता दिने नीति गाउँपालिकाले लिएको छ । स्थानीयस्तरमा उद्यमी बनाउन उद्यमशीलतामा जोड दिई आवश्यक नीतिगत तथा प्रशासनिक योजनामा ल्याउने नीतिमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले शिक्षाको शैक्षिक गुणस्तर कायम गर्न सामुदायिक विद्यालय तथा शिक्षक लक्षित दण्ड र पुरस्कारको नीति अवलम्बन गर्ने नीतिमा उल्लेख गरिएको छ । गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र सूचनामैत्री गाउँपालिका बनाइने नीति लिइएको छ ।

गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइजस्ता आधारभूत सेवामा सबैको समतामूलक पहँुच हुने गरी कार्यक्रम सञ्चालन गरिने, बाल अधिकार तथा महिलाअधिकार संरक्षण र समाजमा रहेका विभिन्न कुरीति, कुसंस्कारको अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, लैङ्गिक उत्तरदायी बजेटको अवधारणालाई कार्यान्वयन गर्ने गाउँपालिकाले नीति लिएको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष चौधरीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सभाबाट पारित पनि भएको छ ।

जोशीपुर गाउँपालिकाले बजेट आज ल्याउने भएको छ । टीकापुर र भजनी नगरपालिकाको नगरसभा सुरु गर्ने तयारी पूरा भएको यी पालिकाले जनाएका छन् । जानकी गाउँपालिकाले भने नीति कार्यक्रम तथा बजेट पारित गरेर गाउँसभा सम्पन्न गरिसकेको छ ।

जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु ६९ करोड ३० लाख बजेट ल्याएको छ । गाउँपालिकाले ल्याएको बजेटअन्तर्गत चालुतर्फ रु ४५ करोड ८४ लाख पाँच हजार ५१६ र पुँजीखर्चतर्फ रु २३ करोड ५४ लाख ९४ हजार ४८३ रहेको छ ।

गाउँपालिकाले आयतर्फ आन्तरिक स्रोत राजस्व परिचालनबाट रु तीन करोड नौ लाख ५५ हजार, सङ्घीय सामान्यीकरण अनुदानबाट रु १५ करोड ८६ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु १३ करोड ५२ लाख ५१ हजार, सङ्घीय सर्शततर्फ रु २४ करोड ३० लाख प्राप्त हुने जनाएको

छ ।

यस्तै सङ्घीय समपूरक अनुदानबाट रु एक करोड ८० लाख, सङ्घीय विशेष अनुदानबाट रु एक करोड २० लाख, प्रदेश समानीकरण अनुदानबाट रु एक करोड १५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु दुई करोड ३० लाख ९९ हजार, प्रदेश समपूरक अनुदानबाट रु ४० लाख र विशेष अनुदान ६५ लाख आय प्राप्त हुने जनाएको छ ।

गाउँपालिकाले व्ययतर्फ आर्थिक विकासतर्फ रु चार करोड ३५ लाख २२ हजार १०, सामाजिक विकासतर्फ रु २५ करोड २३ लाख १७ हजार ९९९, पूर्वाधार विकास क्षेत्रतर्फ रु १९ करोड ५८ लाख ११ हजार ५७५ विनियोजन गरेको छ । यस्तै वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ७२ लाख ९९ हजार ९९९, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु एक करोड ५८ लाख ३४ हजार ९९० र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु १८ करोड एक लाख ७८ हजार ४२४ विनियोजन गरेको छ ।