📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायी सम्मानित

🕒 June 26, 2022

पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमा काम सम्पन्न गरेको भन्दै राउत कन्ट्रक्सनका सञ्चालक कुलबहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो ।

पौवादुङमा गाउँपालिकाको मुख्य सडकका रुपमा रहेको तिवारीभञ्ज्याङ–च्याङ्ग्रे–मानेडाँडा अँधेरीघाट ३५ किलोमिटर सडकमध्ये १३ किमी स्तरोन्नतिको काम तोकिएका समयमा सम्पन्न गरेकाले राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्न थप ऊर्जा मिल्नेछ ।”

सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जिनीयरले नियमित अनुगमन तथा आवश्यक सहयोग पु¥याइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराइले बताउनुभयो । पालिकाको सम्मानले आफूलाई काम गर्ने थप ऊर्जा मिलेको राउत कन्ट्रक्सनका सञ्चालक राउतले बताउनुभयो । स्थानीयवासी, गाउँपालिकाका कर्मचारीलगायतको सहयोगमा समयमै काम सम्पन्न गर्न सफल भएको उहाको भनाइ छ ।