📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

गाउँ जोगाउन तटबन्ध गरिँदै

🕒 June 27, 2022

हिमाली जिल्ला मनाङस्थित मस्र्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ । मस्र्याङ्दी नदीमा गतवर्ष जेठ अन्तिम र असारमा आएको बाढीले डुबानमा परेको गाउँको बस्ती जोगाउन सो निर्माण कार्य भईरहेको हो ।

नदी कटानको उच्च जोखिममा परेको नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन ग्याबिन जाली सहितको पक्की तारजाली लगाउने काम भइरहेको छ । गतवर्ष बाढीले क्षति पुगेको बस्ती संरक्षणका लागि हिउँदमा सुरु भएर अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि सो काम वर्षा लागेपछि बल्ल सुरु भएको हो ।

वर्षायाम सुरु हुनै लाग्दा थालिएको योजनाले पूर्णता नपाउने, बाढीले क्षति गर्ने, लगानी खेर जाने र जोखिम बढ्ने चुनौती देखिएको छ । सङ्घीय सरकारमार्फत भौतिक पूर्वाधार मन्त्रालयले यसवर्ष तालगाउँको संरक्षणका लागि मस्र्याङ्दी नदी कटान रोक्न ग्याबिन जाली लगाउन रु १९ लाख विनियोजन गरेको थियो ।

सोही बजेटबाट अहिले सो काम भइरहेको छ । समयमा नै बजेट उपलब्ध नहुँदा निर्माणको काम ढिलो गरी सुरु भएको निर्माण समितिले जनाएको छ । पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा तालगाउँको बस्ती संरक्षणका लागि डिपीआर (विस्तृत आयोजना प्रतिवेदन) तयार गरिएको थियो ।