शुक्रबार , बैसाख ५, २०८२
गाउँ जोगाउन तटबन्ध गरिँदै – News Nepal Media
Trend

हिमाली जिल्ला मनाङस्थित मस्र्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ । मस्र्याङ्दी नदीमा गतवर्ष जेठ अन्तिम र असारमा आएको बाढीले डुबानमा परेको गाउँको बस्ती जोगाउन सो निर्माण कार्य भईरहेको हो ।

नदी कटानको उच्च जोखिममा परेको नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन ग्याबिन जाली सहितको पक्की तारजाली लगाउने काम भइरहेको छ । गतवर्ष बाढीले क्षति पुगेको बस्ती संरक्षणका लागि हिउँदमा सुरु भएर अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि सो काम वर्षा लागेपछि बल्ल सुरु भएको हो ।

वर्षायाम सुरु हुनै लाग्दा थालिएको योजनाले पूर्णता नपाउने, बाढीले क्षति गर्ने, लगानी खेर जाने र जोखिम बढ्ने चुनौती देखिएको छ । सङ्घीय सरकारमार्फत भौतिक पूर्वाधार मन्त्रालयले यसवर्ष तालगाउँको संरक्षणका लागि मस्र्याङ्दी नदी कटान रोक्न ग्याबिन जाली लगाउन रु १९ लाख विनियोजन गरेको थियो ।

सोही बजेटबाट अहिले सो काम भइरहेको छ । समयमा नै बजेट उपलब्ध नहुँदा निर्माणको काम ढिलो गरी सुरु भएको निर्माण समितिले जनाएको छ । पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा तालगाउँको बस्ती संरक्षणका लागि डिपीआर (विस्तृत आयोजना प्रतिवेदन) तयार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP