📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

प्राध्यापकलाई अनुसन्धानलेखन तालिम

🕒 June 28, 2022

म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

साताव्यापी रुपमा सञ्चालित तालिमको समापन कार्यक्रममा प्रशिक्षक कमलराज देवकोटाले नयाँ परिस्थितिमा म्याग्दी जिल्लाले आफैँ ज्ञान उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “ज्ञान काठमाडौँबाट जहाज चढेर आउँदैन”, डा देवकोटाले भन्नुभयो, “प्रशिक्षकले सबै कुरा सिकाउँछ भन्ने भ्रममा कोही पनि पर्न भएन । मुख्य कुरा ज्ञान उत्पादन गर्ने म्याग्दी आफैँले हो ।”

तालिमका क्रममा सहभागीहरूले सिकाइमा निकै चाख दिएको बताउँदै देवकोटाले भन्नुभयो, “काठमाडौँबाट हेर्दा म्याग्दी जिल्ला दुर्गम देखिन सक्छ । तर त्यसो होइन । विज्ञान प्रविधिको विकासले इच्छाशक्ति हुनेलाई ज्ञान उत्पादनमा निकै सहयोग गरेको छ । म्याग्दी क्याम्पसले पनि यसको उपयोग गर्नुपर्छ ।”

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानको वातावरण तयार भएको बताउनुभयो । म्याग्दीमा अनुसन्धानको संस्कृति सुरु गर्ने जिम्मेवारी पनि म्याग्दी क्याम्पसको काँधमा आएको उहाँले बताउनुभयो ।

प्रशिक्षणका लागि बेनी आउनुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर वासुदेव काफ्लेले ‘क्युएए’ मूल्याङ्कनका लागि अबका सूचकहरू पहिलेभन्दा फरक र कठोर हुन सक्ने सङ्केत गर्दै त्यसतर्फ सचेत हुन सरोकारवालालाई सुझाव दिनुभएको छ ।

तालिम समापनका अवसरमा बोल्दै क्याम्पस प्रमुख गोरखबहादुर जिसीले पनि म्याग्दी बहुमुखी क्याम्पसले क्युएए पुनः मूल्याङ्कनमा पर्नका लागि अनुसन्धान लेख प्रकाशनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । तालिमका विषयवस्तुमाथि त्रिभुवन विश्वविद्यालयका प्रा डा वासुदेव काफ्ले, अनुसन्धान संस्था सेरिडका प्रमुख डा कमलराज देवकोटा, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकहरू खिमराज सुवेदी र पिताम्बर पौडेलले सहजीकरण गर्नुभएको थियो ।

तालिममा म्याग्दी बहुमुखी क्याम्पस बेनी, मङ्गला बहुमुखी क्याम्पस बाबियाचौर, प्रकाश माध्यमिक विद्यालय बेनी र पौलस्त्य मावि, भिरमुनिका २८ जना शिक्षक तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।