📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

🕒 June 29, 2022

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ । प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक सामग्री खरिदको काम सुरु गरेको छ ।

उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम नभएको भन्दै जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनका लागि आवश्यक पर्ने सबै कार्य सुरु गर्न लागिएको बताउनुभयो ।

त्यस्तै मन्त्रालयले पानी परीक्षणको मोबाइल भ्यानको समेत व्यवस्थापन गर्न लागिएको छ । माल भएर पनि चाल नपाउने अवस्थामा सिर्जना भएको भन्दै पानी परीक्षणको काम व्यवस्थित र अत्याधुनिक भवन निर्माण गरी तत्काल सुरु गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताउनुभयो ।

दश जिल्लामा किट बक्ससहितको पानी जाँच गर्ने उपकरण पठाएर शुद्ध पानी मापनको काम सुरु गरिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले मानव जीवनसँग जोडिएको पानी जस्तो महत्वपूर्ण पाटोलाई व्यवस्थित गरेर लैजाने उद्देश्यका साथ काम भइरहेको प्रमुख शर्माले बताउनुभयो । अहिले जिल्लाका जुनसुकै ठाउँमा पानी जाँच गर्नका लागि स्थानीयवासीद्वारा आग्रह आउने बित्तिकै तत्काल पानीको अवस्था पत्ता लगाउने काम सुरु भएको उहाँले बताउनुभयो ।

दश जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था एकै पटक पत्ता लगाउन र सूचना आदानप्रदान छिटोछरितो सम्प्रेषण गर्नका लागि ‘एन वास अप्लिकेशन’ प्रशिक्षक तालिम दिएर सुरु गरिएको छ । कर्णाली पानीका लागि राम्रो क्षेत्र मानिए पनि शुद्धीकरण गरेर पिउने कार्य अझै व्यवस्थित नहुँदा पानीकै कारण धेरैलाई समस्या परिरहेको भन्दै सो समस्या समाधान गर्न पहल गरिएको छ ।

बर्सेनि भारी मात्रामा खानेपानीका योजना निर्माण हुने तर पानी शुद्धीकरणको अवस्था जानकारी नहुँदा समस्या भोगिरहेको तथ्य रहेको भन्दै मन्त्री सिंहले आयोजना निर्माणका साथै पानीको शुद्धीकरणलाई समेत महत्वपूर्ण पाटोका रुपमा लिइएको बताउनुभयो ।