📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

आमसञ्चारबारे मानिसलाई बुझाउन विज्ञको सुझाव

🕒 June 29, 2022

सञ्चार र पत्रकारिताका विज्ञहरुले आम जनतामा सञ्चार साक्षरता वृद्धि भएमा सञ्चार माध्यमबाट प्रवाह हुने समाचार सही र गलतबीचको विभेद छुट्याउन सहज हुने आँैल्याएका छन् ।

युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको आमसञ्चार समितिले आज आयोजना गरेको ‘मिडिया लिटेरेसी’ विषयक सङगोष्ठीमा पत्रकारमा पनि जनताबाट आउने प्रतिक्र्रिया र बुझाइलाई आत्मसात गर्न सक्ने हुनुपर्ने बताइएको हो ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष गोविन्द आचार्य र काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख डा सुधाम्शु दाहालले कार्यपत्र प्रस्तुत गर्दै मिडियामा भएका परिवर्तन र डिजिटल युगका कारणले मिडिया लिटेरेसीमा पनि परिवर्तन भएकाले जनताले सञ्चारमा विगतको तुलनामा धेरै जान्ने बुभ्ने भइसकेको स्थिति सकारात्मक भएको बताउनुभयो ।

महासङ्घका अर्का पूर्व अध्या डा सुरेश आचार्यले ठूला भनिएका मिडियाबाट बेला बेलामा स्वार्थवश वा गलत स्रोतका कारण गलत सूचना सम्प्रोण गरेको उदाहरण प्रस्तुत गर्दै त्यस्ता कमजोरीमा स्रोत र पाठकको खबरदारी महत्वपूर्ण हुने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक डा कुन्दन अर्यालले पत्रकार आचारसंहितालाई बढीभन्दा बढी जनताबीचमा लान सकिएमा उनीहरुले सञ्चारमाध्यमबारे आफैले विश्लेषण गरेर बुझ्ने सक्ने अवस्था आउने बताउनुभयो ।

समितिका संयोजक हरिगोविन्द लुइँटेलको अध्यातामा भएको कार्यक्रममा युनेस्को आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले युनेस्कोका आयाममध्ये सञ्चार र प्रेस स्वतन्त्रता पनि एक मुख्य आयाम भएमाले सञ्चारबारेको बुझाइलाई व्यापकता बनाउन आवश्यक रहेको बताउनुभयो ।

छलफलमा पत्रकारहरु अखण्ड भण्डारी, शेषकान्त पण्डित, माधव तिवारी, रुपेश आचार्य, जन्दमेव जैसीलगायतले भाग लिँदै मिडिया लिटेरेसीको व्यापकता र विस्तारमा नीतिगत तहबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो