📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पर्वतमा एक वर्षमा तीन सय उद्योग थपिए

🕒 June 29, 2022

पर्वतमा चालु आर्थिक वर्षमा २८९ नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालु आव ०७८÷७९ को जेठ मसान्तसम्म २८९ उत्पादन तथा प्रशोधनमूलक उद्योग र २३८ वाणिज्य प्रकृतिका व्यवसाय दर्ता भएका हुन् ।

कार्यालयले दर्ता तथा नवीकरण दस्तुरबापत लिएको रकमबाट एक वर्षमा नै रु.२२ लाख ९० हजार राजश्वसमेत सङ्कलन गरेको छ । कार्यालय प्रमुख मुना अधिकारीका अनुसार चालु आर्थिक वर्षमा नेपालमा नै कम मात्रामा सञ्चालन भएका केराबाट धागो उत्पादन गर्ने गरी कुश्मा नगरपालिका–१ मा धागो उत्पादन उद्योग दर्ता भएको छ भने आयतलाई विस्थापन गर्ने गरी पानी उद्योग लगायतका विभिन्न उत्पादनमूलक उद्योग पनि दर्ता भएका छन् ।

यस वर्ष पर्यटनमूलक उद्योगहरु पनि दर्ता भई सञ्चालनमा आएको अधिकारीले बताउनुभयो । पछिल्लो समय प्रदेश सरकारले कोभिडका कारणले विदेशबाट फर्केका युवालाई उद्योग दर्तामा पूर्ण छुट दिएकाले गत आर्थिक वर्षमा जिल्लामा उद्योगीको सङ्ख्या बढेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । प्रदेश सरकारबाट प्राइभेट फार्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी बर्सेनि बढ्दै गएका हुन् ।

‘नागरिक आयआर्जनमूलक क्षेत्रमा आफैँ सचेत भएका कारणले पनि उद्योग क्षेत्रमा लगानी गर्न थालेका छन्,” उहाँले भन्नुभयो, “आयतलाई नै विस्थापन गर्ने गरी जिल्लामा उद्योग दर्ता हुने क्रम बढ्दै खुशीको कुरा हो ।” उहाँले उत्पादन तथा पर्यटनमूलक उद्योग सञ्चालनका कारण जिल्लाको आर्थिक समृद्धिमा समेत सहयोग पुग्ने जिकिर गर्नुभयो ।