📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मिर्गाैला प्रत्यारोपण

🕒 June 30, 2022

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गाैला प्रत्यारोपण सफल भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पहिलो पटक उपत्यका बाहिर सो अस्पतालमा हालै मिर्गाैला प्रत्यारोपण गरिएको थियो । उक्त अस्पतालमा ५१ वर्षीय यमकुमारी पौडेललाई उहाँकै श्रीमान् ५३ वर्षीय केशव पौडेलले मिर्गौला दान गरेपछि भएको अङ्ग प्रत्यारोपण सफल भई बिरामी घर पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रका शल्यचिकित्सक प्राडा राकेशकुमार बर्मा, डा दिपेश श्रेष्ठ, डा रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा आरती राई, डा सोभित थापा, नेफ्रोलोजिष्ट डा कल्पनाकुमारी श्रेष्ठ र डा लुसन सिं, रेडियोलोजिष्ट डा कृष्ण बुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका चिकित्सक एवं प्राविधिक टोली मिर्गौला प्रत्यारोपण सम्लग्न हुनुहुन्थ्यो ।