📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

‘विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न आवश्यक’

🕒 July 1, 2022

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको पूर्वी किनारामा आज बिहान मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय विपद् प्रतिकार्य तयारी कृत्रिम अभ्यास कार्यक्रममा मुख्यमन्त्री राउतले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी अघि बढ्न सके विपद्बाट बर्सेनि हुने धनजनको क्षतिमा न्यूनीकरण हुने बताउनुभयो ।

“नदीको उत्खनन र चुरे दुहनका कारण तराई मधेसका जिल्लाहरु विपद्को उच्च जोखिम छन्”, मुख्यमन्त्री राउतले भन्नुभयो, “बाढी, पहिरो जस्ता विपद्का कारण बर्सेनि ठूलो धनजनको क्षति हुँदै आएको छ, यसलाई नियन्त्रण गर्न तीनै तहका सरकार सामूहिक रुपमा अघि बढ्नु जरुरी छ ।”

प्रदेश सरकारले विपद्सम्बन्धी काम गर्ने छुट्टै संयन्त्र निर्माण गर्ने जानकारी दिँदै मुख्यमन्त्री राउतले छिट्टै संयन्त्र बनाई त्यसमा सिइओ नियुक्त गरी विपद् रोकथाम र न्यूनीकरणसम्बन्धी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढीजन्य प्रकोपका कारण बर्बेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले कमला नदीमा प्रदेशस्तरीय विपद् प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ ।

कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरेका थिए । कमला नदीको प्रतिकारात्मक रुपमा विभिन्न भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले हेलिकप्टर, बोडिङ, लाइफ ज्याकेट लगायतका सामग्रीको सहायतामा विपद्मा परेकाहरुको उद्धारसम्बन्धी कृत्रिम अभ्यास गरेको थियो
कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, धनुषा र सिरहाका विभिन्न पालिकाका प्रमुख, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।