📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

‘कलाकर्मी डाइजेष्ट’ सार्वजानिक

🕒 July 3, 2022

चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने उद्देश्यले ‘कलाकर्मी डाइजेष्ट’ शनिबारदेखि बजारमा आएको छ । मासिक पत्रिकाका रूपमा प्रकाशित गरिने पत्रिकामा राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिकका साथै अन्तर्राष्ट्रिय क्षेत्रका विषयवस्तु समेटिएको छ । कलाकर्मी ‘मिडिया म्यानेज्मेन्ट’का लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित ६८ पृष्ठको उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल हुनुहुन्छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले शनिबार आयोजित विमोचन समारोहमा विभिन्न कारणले छापा माध्यमको प्रकाशन कम भइरहेको अहिलेको अवस्थामा प्रकाशित पत्रिकाले समाजलाई नयाँ दिशा दिने विचार व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण नगरवासीको सहयोगले काठमाडौँलाई एक वर्षभित्रै सुन्दर नगरका रूपमा विकसित गर्ने योजना रहेको बताउनुभयो ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले समाजलाई सूचना र चेतना प्रदान गरी सामाजिक रुपान्तरण गर्न सञ्चार र कला क्षेत्रको महत्व रहेको बताउनुभयो । अभिनेता भुवन केसीले नेपाली जीवनशैली तथा सामाजिक परिवेशमा आधारित मौलिक चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकाल, काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, निर्देशक कृष्णदेव रुपाखेतीलगायतले पत्रकारितामार्फत समग्र देशलाई नै समृद्धितर्फ लैजान कलाकर्मी डाइजेष्ट पत्रिकाको निरन्तरताको कामना गर्नुभयो ।

नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, समाजसेवी तिलबहादुर कार्की, गीतकार अम्बिका गुरुङ र सामाजिक अभियन्ता ताराबहादुर कुँवरलाई नगद रु पाँच हजार ५५५ सहित ‘कलाकर्मी सम्मान’द्वारा सम्मानित गरिएको थियो ।
सम्मानित व्यक्तित्वको तर्फबाट शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्यासितरूपमा सम्मानित हुन पाउँदा सधैँ गौरवको महसुस हुने धारणा व्यक्त गर्नुभयो । समारोहमा पत्रिकाका प्रकाशक भट्टराईले विषम परिस्थितका बीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास गरेको बताउनुभयो । सम्पादक ढकालले छापा माध्यमको महत्व कहिले पनि नघट्ने भएकाले यो पत्रिकाका प्रकाशनमा आएको जानकारी दिनुभयो ।