📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने

🕒 July 3, 2022

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल ९एन प्याब्सन०ले अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । एन प्याब्सनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आज नेपाल प्रहरी श्रीमती सङ्घसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहबीच हस्ताक्षर भएको छ । एन प्याब्सन आबद्ध विद्यालयमा पढाउने विद्यार्थीलाई भने नेपाल प्रहरी श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने हुन्छ । एन प्याब्सनमा आवद्ध एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने जनाइएको छ ।

कार्यक्रममा एन प्याब्सनका सहअध्यक्ष न्यौपानेले आर्थिक रुपमा विपन्न तथा अमर प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर गरिएको जानकारी दिनुभयो । उहाँले एन प्याब्सन अन्तर्गत देशभर तीन हजार ५०० विद्यालय आवद्ध रहेको बताउँदै एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने बताउनुभयो । सहअध्यक्ष न्यौपानेले एन प्याब्सनले शिक्षाको माध्यमबाट समाजमा गर्नुपर्ने दायित्व पूरा गर्दै आइरहेको बताउँनुभयो । गुणस्तरीय शिक्षाका लागि एनप्याब्सनले सङ्घसँग सहकार्य गरेको उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष सिंहले देश विकासका लागि राष्ट्रसेवक प्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एन प्याब्सनले सहकार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आर्थिक रुपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यार्थीलाई निःशुल्क तथा अरु विद्यार्थीलाई भर्नामा मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताउनुभयो । तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उहाँको भनाइ छ ।

सङ्घले यसअघि स्वास्थ्य उपचारमा छुट पाउनेसम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ । आगामी दिनमा प्याव्सन र अन्य निकायसँग सहकार्य गर्दै जाने अध्यक्ष सिंहले बताउनुभयो । सोही कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, पूजा चौधरी, दुर्गा सिंह र किरण राणाको सहभागिता रहेको थियो ।