बुधबार , साउन १५, २०८२
नदी नियन्त्रण योजना निर्माण – News Nepal Media
Trend

कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको हो । मालिकाले दुई खण्डमा रु एक करोडभन्दा बढीको लागतमा पक्की पर्खाल निर्माण भएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले दुईवटै खण्डको पर्खाल निर्माणको काम सकिएको जानकारी दिनुभयो ।

“निर्माण व्यवसायीले पर्खाल निर्माणको काम सकिएको प्रतिवेदनसहित भुक्तानीका लागि बिल पेश गरेका छन्”, उहाँले भन्नुभयो, “प्रयोगशालामा पठाइएको पर्खाल निर्माणमा प्रयोग भएका सामग्रीको परीक्षण प्रतिवेदनको प्रतिक्षा र मूल्याङ्कनको चरणमा छौँ ।”

बयालीस मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न आर्थिक वर्ष २०७७÷७८ मा हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्शनले रु ५६ लाखमा ठेक्का लिएको थियो । चालु आव २०७८÷७९ मा कार्यशक्ति कन्ट्रक्शनले ५६ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल बनाउन रु ६४ लाखमा ठेक्का लिएको थियो । मालिका गाउँपालिकाका इञ्जीनियर नमोनारायण ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा रु ८० लाख र चालु आर्थिक वर्षमा रु एक करोड विनियोजन भएकामा प्रतिस्पर्धाका क्रममा कम कबोलेका हिमालयन र कार्यशक्तिले ठेक्का पाएका हुन् ।

हिमालयन बिल्डर्सले गत जेठ २१ गते पर्खाल ढलानका क्रममा तोकिएको र सम्झौताअनुसारको निर्माण सामग्री प्रयोग नगरेको भेटिएपछि भत्काएर पुनः बनाउन लगाइएको थियो । यसपालि गाउँपालिकाबाहेक प्रदेश सरकारमार्फत पनि १० मिटर थप पक्की पर्खाल निर्माण भएको
छ ।

गत वर्ष निर्माणाधीन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो । करिब ३०० घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । विसं २०७६ सम्म हिउँदमा ग्याबियन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो । विसं २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको मालिका–६ का निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।

सो वर्ष नदी किनारमा ४५ मिटर लामो, सात मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण गरिएको थियो । मालिकाले रु ५५ लाख र सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा तत्कालीन स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रु २५ लाख बजेटमा उपभोक्ता समितिले पक्की पर्खाल बनाएका थिए । स्थानीयवासी श्रीदत्त गौतमले नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि दरवाङ बजारवासीले सुरक्षित महसुस गरेका बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP