📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सागमा पदक जित्ने खेलाडी पुरस्कृत

🕒 July 6, 2022

तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीलाई खोटाङमा पुरस्कृत गरिएको छ । दिक्तेलमा मङ्गलबारदेखि सुरु भएको किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा सागमा पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।

दिक्तेलस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही रु १० हजारसहित सम्मान गरिएको आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिनुभयो । सङ्घले १३औँ सागमा तेक्वान्दोमा स्वर्ण जित्ने सुशीला राई (सुनसरी) तथा उसुमा कास्य प्राप्त गर्ने अशोक खालिङ राई (इलाम), स्क्वासमा कास्य पाउने भावना सुनुवार (रामेछाप), आर्चरीका टोली व्यवस्थापक मीनाकुमारी राई (उदयपुर), बक्सिङका टोली व्यवस्थापक प्रमिला राई (झापा) र १२औँ सागमा कबड्डीमा कास्य पाउने सम्झना राई (बारा)लाई सम्मान गरेको हो ।

कबड्डीकी राईलाई सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किराँत राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुको तर्फबाट समेत रु १० हजारले सम्मान गरिएको छ । यस्तै मुआइथाई वल्र्ड च्याम्पियन सञ्जयलाई पनि रु १० हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ । विजेता खेलाडीलाई प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले नगद र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।