📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

रातको समयमा पनि खानेपानीको काम !

🕒 July 6, 2022

व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरु उपभोक्तालाई सहज रुपमा पानी वितरणका लागि अहोरात्र खट्दै आएको छ ।

केही दिनअघि परेको अविरल वर्षाका कारण खानेपानी नयाँ प्रशोधन केन्द्र नजिक पहिरो खस्न गई जोखिम बनेपछि समितिले पानी नआएको मौका छोपी आरसिसी पर्खाल लगाएर संरक्षण गर्न रातको समयमा पनि काम गर्दै आएको छ । करिब दुई लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र पहिराका कारण उच्च जोखिममा रहेपछि समितिका अध्यक्ष चिजबहादुर दरै, उपाध्यक्ष रामकुमार गोशली, सचिव राजेश्वर हडखले, कोषाध्यक्ष विष्णुबहादुर बस्नेत, सदस्य रामराज अधिकारी लगायतका पदाधिकारीहरु अहोरात्र खट्दै आएका छन् ।

त्यसैगरी खानेपानी संस्थाका व्यवस्थापक ईश्वरकुमार श्रेष्ठ, कर्मचारी कुलबहादुर बस्नेत, रत्न दरै र कृष्णबहादुर पौडेल लगायतका कर्मचारीहरुले मङ्गलबार रातिसम्म खटेर काम गरेका थिए ।

पहिलो चरणमा करिब चार मिटर अग्लो पर्खाल लगाइएको छ । दोस्रो चरणमा पनि चार मिटरको पर्खाल लगाउने योजना रहेको संस्थाका व्यवस्थापक ईश्वरकुमार श्रेष्ठले जानकारी दिनुभयो । जमिनको बेससहित करिब दश मिटर अग्लो पर्खाल लगाइन्छ । उहाँले भन्नुभयो, “पर्खालको लम्बाइ भने करिब दश मिटर लामो रहेको छ ।”

केही दिनयता पानी नपरेको हुँदा काम गर्न सजिलो हुने भएकाले रातको समयमा पनि समय मिलाएर काम गर्ने गरिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । उक्त संस्थाले व्यास नगरपालिका–१ र १२ का गरी कूल दुई हजार ६८० घरधुरीमा धारा जडान गरी पानी वितरण गर्दै आएको जनाएको छ ।