📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

🕒 July 8, 2022

स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को–अपरेशन फर डेभलपमेन्टको समन्वय तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा वालिङ नगरपालिकाका सामुदायिक विद्यालयका बालसिकाइ कक्षादेखि ८ कक्षासम्मका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । फाउण्डेशनले वालिङ नगरपालिकाभित्रका अतिविपन्न समुदायका बालबालिकाको शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उद्देश्यसहित स्कुल ब्याग, स्टेशनरी र हाइजिन किट्स वितरण गरेको कार्यक्रम संयोजक सुरेश प्याकुरेलले बताउनुभयो ।

वालिङ नगरपालिकाभित्रका अतिविपन्न बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालय छनोट गरी शैक्षिक सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । एघार विद्यालयका बालसिकाइ कक्षादेखि ८ सम्मका छात्र ६७० र छात्रा ५८९ गरी कूल एक हजार २५९ छन् । वालिङ–१४ को दाङ्से आधारभूत विद्यालयका २९, हिमशिखर आधारभूत विद्यालयका ६३ र जनहित माध्यमिक विद्यालयका १३३, वालिङ–११ को टापुभञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयका १८० र मुटुभञ्ज्याङ आधारभूत विद्यालयका ३१, वडा नं १३ को चिसापानी आधारभूत विद्यालयका ३६, वालिङ–१० को कालिका आधारभूत विद्यालयका ५२, वालिङ–९ को भुम्रे माध्यमिक विद्यालयका २५३, वालिङ–८ को तेजप्रगति आधारभूत विद्यालयका ५७, वालिङ–६ को राष्ट्रिय माध्यमिक विद्यालयका २३८ र वालिङ–५ को महेन्द्र माध्यमिक विद्यालयका १८७ जनालाई शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री प्राप्त भएसँगै स–साना बालबालिकामा अध्ययन गर्ने बानीको विकास तथा थप ऊर्जा मिल्ने महिला नेतृ तिवारीको भनाइ छ । “शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा अभियानकैरूपमा विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन गछौँ”, उहाँले भन्नुभयो, “यसले आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनमा पछाडि परेका बालबालिकालाई केही हदसम्म सहयोग पुग्ने छ ।” सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तिको पहलमा चाइना फाउण्डेशनसहितका सङ्घसंस्थाले विद्यालयका बालबालिकालाई स्कुल ब्यागसहितका सामग्री प्राप्त भएको भुम्रे माविका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो ।