📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

राजस्व सङ्कलनमा कमी

🕒 July 8, 2022

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ ।

आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले जनाएको छ । जेठमा कार्यालयले रु ५३ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वैशाखमा रु ५३ लाख ४८ हजार राजस्व सङ्कलन भएको थिहो ।

सवारीसाधनका चालकलाई गरिने कारबाहीको सङ्ख्यामा पनि कमी आएको छ । गत चैतमा ६ हजार ७५० चालकलाई कारबाही गरिएको थियो भने वैशाखमा पाँच हजार ४६९ सवारी चालकलाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयले जेठमा पाँच हजार ४३१ सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गर्नेमा ट्रक चालक र मोटरसाइकल चालक बढी छन् । चालु आवको जेठ महिनासम्म ५२ हजार ३०७ ट्रक चालक र दुई हजार ९७५ मोटरसाइकल चालक कारबाहीमा परेका थिए ।