📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

अवरुद्ध विद्युतीय राहदानी सेवा पुनः सञ्चालनमा

🕒 July 8, 2022

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनः सुरु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र मर्मतपछि पुनः सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो । हालसम्म करिब ४०० जनाले उक्त सेवा लिएका छन् । एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरू गरिएको थियो । यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो ।

मेलौली नगरपालिका बालश्रममुक्त घोषणा

बैतडीको मेलौली नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिएको छ । बिहीबार ग्रामीण विकास सेवा केन्द्रको सहजीकरण र मेलौली नगरपालिकाको आयोजनामा बालश्रममुक्त नगर घोषणा गरिएको हो ।

बालश्रममुक्त घोषणाका लागि चाहिने सबै सूचक पूरा भएसँगै नगरपालिकालाई एक कार्यक्रमबीच बालश्रममुक्त नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रशाद जोशीले जानकारी दिनुभयो । सरकारले २०८२ सम्ममा नेपाललाई बालश्रममुक्त गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप मेलौली नगरपालिकालाई पनि बालश्रममुक्त पालिका घोषणा गरिएको हो ।

घोषणासभामा नगरभित्र रहेका बालश्रमको अवस्था पहिचान र अबका दिनमा बालश्रमको समस्या सुधार कार्यान्वयनका लागि पहल गर्ने नगरप्रमुख भीमबहादुर चन्दले बताउनुभयो । बालश्रममुक्त पालिका बनाउनका लागि स्थलगत सर्भे, बालश्रमिकको तथ्याङ्क सङ्कलन तथा सम्भावित जोखिममा रहेका बालबालिकाको पहिचानसहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएको थियो ।