📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

थाली गाउँ झिलीमिली

🕒 July 8, 2022

उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–२ का घरधुरीमा सोलार प्यानल जडान गरिएको छ । सोलार प्यानल जडानसँगै वर्षौंदेखि दियालो बाल्दै आएका वडा नं २ थाली गाउँवासीको झन्झट पनि हटेको छ । यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ –२ घरमा एकैपटक पाँच बत्ती बल्ने सोलार जडान भएका छन् ।

सोलार बत्ती बलेपछि अब स्थानीयलाई दियालो टिप्न जङ्गल जानुपर्ने बाध्यता पनि हटेको स्थानीयले जनाएका छन् । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार वडाका २५० घरधुरीका लागि प्रत्येक घरमा एक सय एम्पियरको ब्याट्री र १०० वाटका प्यानल जडान गरी बत्ती बाल्ने सम्पन्न भएको जानकारी दिनुभयो ।

उक्त सोलार प्यानल गाउँपालिकाको समन्वय र कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको हो । सोलार प्यानल, ब्याट्री खदिरदेखि ढुवानी र जडान कार्य पनि सम्पूर्णरुपमा निःशुल्क गरिएको बताइएको हो । वडा नं २ मा आठभन्दा बढी बस्ती छन् । यस्तै खार्पुनाथ –४ स्थित सीता माध्यामिक विद्यालयमा पनि १० किलोवाटको सोलार प्यानल जडान गरी सञ्चालनमा ल्याइएको छ ।

यसपछि विद्यालयको कक्षामा प्रविधिको प्रयोग गरेर पठनपाठन गर्न सहज भएको छ । यसका लागि प्रदेश सरकारले रु साढे दुई करोड बजेट खर्च गरेको छ । स्थानीय बासिन्दाले गत कात्तिकमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गाउँमा पहिराले क्षति पु¥याएको अवलोकन गर्न आउँदा बत्तीको व्यवस्था गर्न माग गरेका थिए ।