📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

खप्तडको विकास र प्रचारका लागि नौबुँदे प्रतिबद्धता

🕒 July 8, 2022

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौबुँदे प्रतिबद्धता जारी गरिएको छ ।

आज खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य सङ्घ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, होमस्टेको व्यवस्था गर्ने र मध्यवर्ती क्षेत्रका मानिसलाई होमस्टेसम्बन्धी तालिम दिने, ध्यान केन्द्रित स्थानीय सामग्रीबाट बनेको गृह बनाउने योजना तयार गरिएको छ ।

यसैगरी बिचपानीसम्म सडक, बाह्य पर्यटकका लागि पैदल ट्रेकिङ, बिचबिचमा बाटोका सही सङ्केत तथा पथप्रदर्शकको व्यवस्था गरिने प्रतिबद्धता जारी गरिएको छ ।

भूस्वर्गका नामले परिचित खप्तडको विकास तथा प्रवद्र्धनका साथै खप्तडमा आन्तरिक र बाह्य पर्यटकलाई के गर्दा खप्तडमा बढीभन्दा बढी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । खप्तड क्षेत्र पर्यटन विकासका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको विकासका लागि आगामी आर्थिक वर्षका योजना तथा उद्देश्यका बारेमा जानकारी गराउनुभएका थियो ।

उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्का, शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायर, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय, आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही तथा डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेललगायतको सहभागिता थियो ।