📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सामुदायिक वन र सङ्घ संस्थालाई बिरुवा वितरण

🕒 July 18, 2022

सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्लाको रामपुर क्षेत्रका सामुदायिक वन समूह र विभिन्न संस्थालाई बिरुवा वितरण गरिएको
छ । जिल्ला भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयसँगको समन्वयमा महासङ्घले तीन हजार बिरुवा ल्याएर वितरण गरेको हो । जिल्लाका पर्यटकीय स्थल राम्चे सामुदायिक वन, रानीवन तथा वडवान सामुदायिक वन, जुनतारा मातृ समूह, दियालो सहकारी, दुर्गादेवी आमा समूहबाट उपभोक्ता सदस्यलाई बिरुवा वितरण गरिएको छ ।

पूर्वी पाल्पामा आँप, लिची, कागती, अम्रिसो र बाँसको बिरुवा गरी करिब तीन हजार बिरुवा वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।