📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा

🕒 July 20, 2022

शुक्लाफाँटा नगरपालिकाको पिपलाडी स्वास्थ्य चौकीमा आजदेखि चिकित्सकीय सेवा सुरुआत गरिएको छ । ‘एमबिबिएस’ चिकित्सकको व्यवस्था गरी स्वास्थ्य चौकीमा सेवा थालनी गरिएको हो ।

दुर्गमा रहेको स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा नहँुदा स्थानीय बासिन्दाले उपचारका लागि टाढा टाढा जानुपर्ने बाध्यता थियो । सेवा सुरु भएसँगै उपचारका लागि टाढा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

‘स्वास्थ्य चौकीलाई यस क्षेत्रकै मोडेलका रुपमा विकास गर्ने लक्ष्य राखी चिकित्सकीय सेवा सुरु गरेका छौँ”, नगरपालिकाका प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “स्वास्थ्य चौकीलाई आवश्यक पर्ने सामग्रीको व्यवस्था गर्नका लागि तत्पर छौँ ।”

पदपूर्तिको आवश्यक प्रक्रिया पूरा गरी चिकित्सकको व्यवस्था गरिएको उहाँले बताउनुभयो । चिकित्सकीय सेवाको आजदेखि औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले नगर अस्पतालको अवधारणा अघि सारेर भवन निर्माणको कार्य अगाडि बढाइराखेको उहाँले बताउनुभयो । अस्पताल निर्माणको कार्य पूरा भएपछि थप चिकित्सकसँगै आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरी जटिल प्रकारका रोगहरुको उपचार स्थानीयस्तरमै हुने गरी व्यवस्था हुने उहाँको भनाइ थियो ।

स्वास्थ्य चौकीमा भिडियो एक्स–रे, एक्स–रे, इन्डोस्कोपी लगायतका मेसिन दक्ष जनशक्ति नहुँदा अलपत्र अवस्थामा रहेका थिए । चिकित्सको व्यवस्थासँगै अलपत्र अवस्थामा रहेका औजार र उपकरण सञ्चालनमा आउने बताइएको छ ।

स्थानीय बासिन्दालाई स्वास्थ्य सेवाको प्रत्याभूत गराउनका लागि नगरपालिकाका १२ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रसँगै स्वास्थ्य चौकीमार्फत आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरी सेवा प्रदान गर्ने कार्य भइरहेको छ ।

भौतिक पूर्वाधार निर्माणको कार्यमा समेत जोड दिइएको अधिकृत भट्टको भनाइ रहेको छ । चिकित्सकीय सेवा सुरु भएको स्वास्थ्य चौकीमा स्थायी, ज्यालादारी र करारका गरी २१ जनाभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

स्वास्थ्य चौकीमा सञ्चालन गरिएको चिकित्सकीय सेवाबाट १२ वटै वडाका ५५ हजारभन्दा बढी बासिन्दा लाभान्वीत हुने भएका छन् ।