📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पाँचपोखरीका बाँझो जमिन प्रयोगमा

🕒 July 20, 2022

पाँचपोखेरी थाङ्पाल गाउँपालिकाका वर्षौँदेखि बाँझो रहेका जमिन विभिन्न खेतीकार्यको लागि प्रयोगमा ल्याइएको छ । पुरानै शैलीको खेती गर्ने प्रणाली, जङ्गली जनावरको समस्याका कारण बाँझोे रहेका जग्गामा अहिले परिवेश सुहाउँदो बाली लगाउन थालेपछि राम्रो उत्पादन हुन थालेको छ । जसले गर्दा किसान खुसी छन् ।

देश सङ्घीय संरचनामा गएसँगै स्थानीय तहले बाँझो रहेका खेतीयोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउने सङ्कल्प गरेका थिए । त्यसको ज्वलन्त उदाहरण बनेको छ पाँच पोखरी थाङ्पाल गाउँपालिका । स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमा पाँच पोखरी थाङ्पाल गाउँपालिकाले परिवेश विश्लेशण तथा रणनीति कार्ययोजना तयार गरेर किसानको विवरणसहित खेती भइरहेको जग्गा र बाँझो जमिनको विवरण सङ्कलन तयार गरेको थियो ।

जग्गा बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्न र युवालाई कृषि पेशामा परिचालन गर्न स्थान विशेषका व्यावसायिक कृषि बाली बस्तुको पहिचान गरी किसानलाई विशेष अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमख निमराज गिरीले जानकारी दिनुभयो । अहिले कृषि कार्यमा लगानी गरेअनुसार किसानले उपलब्धि हासिल गरेका छन् । यस गाउँपालिकाका मुख्य स्थानीयवासी नगदेबालीमा आलु, किबीफल, अलँैची, चिया, कफी, अदुवा बेसार र तरकारीबाली पर्ने कृषि प्राविधिक सङ्गीता दुलालले बताउनुभयो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का किसान देवबहादुर स्याङबोले किबी फलफूलखेती, सुन्तलाजात फलफूल खेती र तरकारी खेती गर्दै आएको तीन वर्ष भयो । उहाँको दैनिकी अहिले बारीको गोडमेल र सरसफाइ गरेरै बित्छ । चार÷पाँच वर्षदेखि कृषिमा लाग्नुभएका स्याङ्बोले विभिन्न सङ्घ संस्था र गाउँपालिकाको विभिन्न तालिमबाट प्रभावित भई किबी, फलफूल तथा घरको बगैँचाको सझावटसम्म पुगेको बताउनुभयो ।

“सुरुमा बार बन्देजको सकस भयो बाँसको थाँक्रा बनाए, एक वर्ष पनि टिकेन, त्यसपछि भोताङ पशुपालन किसान समूहलाई जानकारी गराए समूहले गाउँपालिकाबाट किबी खेतीको व्यवस्थापनको लागि सिँचाइ, टि बार र थप बिरुवा पनि सहयोग पाए, कृषि शाखाबाट स्याउँका ५० बिरुवा पाए सबै बिरुवा सरेका छन्”, खुसी हुँदै स्याङ्बोले सुनाउनुभयो । पहिलाको वर्ष भन्दा यसपाली असिना हावाहुरी कम आएकाले किबी फल पनि अत्यधिक फलेको उहाँको भनाइ छ । अन्दाजी १०÷१२ वटा बिरुवाबाट ६०÷७० हजार बराबरको फल बिक्री गर्न सकिने अनुमान उहाँको छ ।