📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

अवैध चिनी बरामद

🕒 July 25, 2022

पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो ।

रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो । बरामद गरिएको चिनी, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको उहाँले जानकारी दिनुभयो ।