📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पाल्पा बस दुर्घटना ः मृतक छ जनाको सनाखत

🕒 July 25, 2022

पाल्पामा भएको बस दुर्घटनामा मृतक छ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका– ७ बस्ने ८७ वर्षीय डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका–२ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका–५ बस्ने २४ वर्षीय पूर्णिमा कामी, बाग्लुङ बडिगार्ड गाउँपालिका–१० बस्ने ५५ वर्षीय यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा १६ घाइते भएका छन् । घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बसमा २२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । आइतबार साँभm करिब ५ बजे बस दुर्घटना भएको हो । बस सडकदेखि करिब ६० मिटर तल बस खसेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । सो सडकखण्डमा पटक–पटक सवारी साधन दुर्घटना हुने गरेको छ ।