नेपालको एउटा आश्चर्य लाग्दो गाँउ – News Nepal Media
Trend

हाम्रो प्रसङ्घ यस्तो गाँउको रहेको छ जुन एउटा पुरै गाँउलाई नै वागवानी  “नर्सरी” गाँउ भन्दा अपत्यारिलो लागेता पनि फरक पर्दैन । यस्तो गाँउ हो, नेपालको रौतहटको कटहरिया हाइवे बाट करिब १५-२० कि.मि. भित्र पर्ने कटहरिया न.पा.३, मा अवस्थित “बिर्ति’’ यस गाँउ सुरु हुने वितिकै घर,टहरा, खेतहरुमा नर्सरी लेखिएको वोर्डहरु छर्लङ्गै देख्न सकिन्छ ।

“एक घर एक नर्सरी” भन्दा पफ्रक नपर्ने यस गाँउमा लगभग ६/७ दशक अगाडि देखि नै नर्सरी व्यावसायको सुरुवात भएको प्रिन्स हाईटेक फलफुल वागवानी नर्सरी फर्म का सञ्चालक राजु शाहले बताउनु हुन्छ ।

राजु शाहका हजुरबुवा २०१९ मा इन्डियामा वोट विरुवाको अध्ययन-अनुसन्धान गरि नेपाल फर्केर आफ्नै गाँउमा नर्सरी व्यवसायको सुरुवात गर्नु भएको थियो र आज पुस्तान्त्ररण हुंदै हाल एउटा पुरा गाँउनै वागवानी नर्सरीमा परिणत भएको छ । जहाँ ५०० घर-धुरी नर्सरी व्यवसायमा निर्भर छन् ।

MA in ART and SOCIOLOGY अध्ययन गरेका राजु शाह आफ्नै पुख्यौली पेशालाई नै निरन्तरता दिने र आधुनिकिकरण गर्दै लैजाने बताउछन् । विभिन्न प्रजातीका गरि करिब ३०० प्रकारका वोट-विरुवा उपलब्ध रहेको र त्यसमा विजु, कलमि, कटिङ्ग आदि प्रविधिबाट तयार गरिएको छ । सरकारी मुल्यमा सबैलाई उपलब्ध गराउने कुरा पनि भन्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP