📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

    नेपालको एउटा आश्चर्य लाग्दो गाँउ

🕒 July 26, 2022

हाम्रो प्रसङ्घ यस्तो गाँउको रहेको छ जुन एउटा पुरै गाँउलाई नै वागवानी  “नर्सरी” गाँउ भन्दा अपत्यारिलो लागेता पनि फरक पर्दैन । यस्तो गाँउ हो, नेपालको रौतहटको कटहरिया हाइवे बाट करिब १५-२० कि.मि. भित्र पर्ने कटहरिया न.पा.३, मा अवस्थित “बिर्ति’’ यस गाँउ सुरु हुने वितिकै घर,टहरा, खेतहरुमा नर्सरी लेखिएको वोर्डहरु छर्लङ्गै देख्न सकिन्छ ।

“एक घर एक नर्सरी” भन्दा पफ्रक नपर्ने यस गाँउमा लगभग ६/७ दशक अगाडि देखि नै नर्सरी व्यावसायको सुरुवात भएको प्रिन्स हाईटेक फलफुल वागवानी नर्सरी फर्म का सञ्चालक राजु शाहले बताउनु हुन्छ ।

राजु शाहका हजुरबुवा २०१९ मा इन्डियामा वोट विरुवाको अध्ययन-अनुसन्धान गरि नेपाल फर्केर आफ्नै गाँउमा नर्सरी व्यवसायको सुरुवात गर्नु भएको थियो र आज पुस्तान्त्ररण हुंदै हाल एउटा पुरा गाँउनै वागवानी नर्सरीमा परिणत भएको छ । जहाँ ५०० घर-धुरी नर्सरी व्यवसायमा निर्भर छन् ।

MA in ART and SOCIOLOGY अध्ययन गरेका राजु शाह आफ्नै पुख्यौली पेशालाई नै निरन्तरता दिने र आधुनिकिकरण गर्दै लैजाने बताउछन् । विभिन्न प्रजातीका गरि करिब ३०० प्रकारका वोट-विरुवा उपलब्ध रहेको र त्यसमा विजु, कलमि, कटिङ्ग आदि प्रविधिबाट तयार गरिएको छ । सरकारी मुल्यमा सबैलाई उपलब्ध गराउने कुरा पनि भन्नु भयो ।