📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बसमा आगलागी हुँदा ३३ यात्रु घाइते

🕒 July 27, 2022

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किँएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । आगलागीबाट यात्रु घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताउनुभयो ।

घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।