📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

दुई सय विपन्नलाई सुधारिएको चुलो

🕒 July 28, 2022

झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका करिब दुई सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ ।

लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक वर्गका समुदायलाई लक्षित गरी गाउँपालिकाभित्रका करिब दुई सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताउनुभयो । उहाँका अनुसार गौरीगञ्ज गाउँपालिकाको वैकल्पिक ऊर्जा विभागको सहजीकरण र झापाली समाजको सहयोगमा वडा १ देखि ६ सम्मका सीमान्तकृत तथा अल्पसङ्ख्यक परिवारलाई उक्त सुधारिएको चुलो वितरण गरिएको हो ।

धुवाँरहित भान्छा बनाई स्वास्थ्य जीवनको प्रत्याभूति दिलाउन गाउँपालिकाले सहजीकरण गरी वैकल्पिक ऊर्जाअन्तर्गत सुधारिएको चुलो वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रसूतिलाई निःशुल्क एम्बुलेन्स

झापाको कमल गाउँपालिकाले पालिकाभित्रका प्रसूतिलाई अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि पालिकामा स्थायी बसोबास गरेका प्रसूतिलाई लक्षित गरी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । पालिकाले नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

यस कार्यक्रमबाट सुत्केरीको नियमित स्वास्थ्य जाँचका साथै अस्पतालसम्म लैजान सहयोग पुग्नेछ । गाउँपालिकाले रेडक्रसलाई एउटा अत्याधुनिक एम्बुलेन्स गाडीसमेत उपलब्ध गराइसकेको रेडक्रसका सभापति चन्द्र साहले बताउनुभयो ।