📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

तनहुँमा जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण

🕒 July 28, 2022

स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण ब्झाइसक्नुपर्ने कानुनी प्रावधान भएपनि उनीहरुले हालसम्म विवरण बुझाएका छैनन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँबाट एक हजार ६ सय ३७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । हालसम्म चार सय एक जनप्रतिनिधिले चुनावी खर्चको विवरण बुझाएका छन् भने एक हजार दुई सय छत्तीसले अझै बुझाएका छैनन् ।

कार्यालयले गत जेठ मसान्तसम्म निर्वाचन खर्चको विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धीरेन्द्र शाहीका अनुसार खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित र केही निर्वाचित उम्मेदवार छन् । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित तथा पराजित उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् ।

त्यसैगरी, भानु नगरपालिकाका प्रमुख उपप्रमुखमा निर्वाचित, वडाध्यक्ष र वडासदस्य कसैले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । अधिकांश निर्वाचित उम्मेदवारले नै खर्चको विवरण बुझाउन अटेर गर्दै आएको पाइएको छ । आँबुखैरेनी गाँउपालिकामा निर्वाचित उम्मेदवारले खर्च विवरण बुझाए पनि अन्य पालिकाका उम्मेदवारले भने आलटाल गर्दैआएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले खर्चको विवरण बुझाउने उम्मेदवारको तथ्याङ्क पठाउन पटक–पटक ताकेता गरेपछि प्राप्त भएकाको मात्रै तथ्याङ्क पठाइएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो ।