📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पहिरापीडित त्रिपालमुनि बस्दै

🕒 July 28, 2022

कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरु दुई वर्षदेखि चुरे–४ स्थित राष्ट्रिय वनमा अस्थायी टहरो बनाएर त्रिपालमुनि बस्दै आएका छन् । गत र अघिल्लो वर्षको साउनमा आएको पहिराले ती परिवार विस्थापित बन्न पुगेका थिए । गत कात्तिकको बेमौसमी वर्षाका कारण पहिरो खसेपछि उनीहरुको विचल्ली भएको हो ।

चुरे–४ मा पर्ने पनेरुगडा र टागगडाको राष्ट्रिय वनमा बसिरहेका ती परिवार हिउँद र वर्षायाममा कष्टकर जीवन बिताउँदै छन् । ती परिवारको व्यवस्थापनका लागि चुरेका जनप्रतिनिधिले प्रदेश सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराए पनि ध्यान जान नसकेको जनाइएको छ ।

विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिनुभयो । पहिराले जग्गाजमिन नै तहसनहस पारिसकेकाले पहिलेको ठाउँमा फर्कन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

चुरे गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर रोकामगरले पहिरापीडित लाई खानेपानी तथा खाद्यन्न समस्यामा परेको जानकारी दिनुभयो । गत वर्ष गाउँपालिकाले त्रिपाल सहयोग गरे पनि अन्य आवश्यक सहयोग गर्न नसकेको उहाँको भनाइ छ ।

पहिराबाट विस्थापित भएकाहरू पुरानै स्थानमा फर्कन सक्ने सम्भावना छैन । उनीहरु बस्दै आएको पुरानो बस्ती पहिराले तहसनहस पारिसकेको छ । कतिपय गाउँको जमिन नै भासिएको छ । विस्थापित परिवार धेरै रहेकाले उनीहरूको व्यवस्थापन गर्न सक्ने अवस्था छैन । वडा नं १, २, ४, ५ र ६ का पहिराबाट विस्थापित भएर चुरे–४ मा पर्ने पनेरुगडा र टागगडामा बस्दै आएका छन् । कतिपय परिवार चुरे –५ स्थित भीमदत्त राजमार्ग छेउमा पाल टाँगेर बस्दै आएका छन् । उनीहरु बसेको स्थानमा पहिराले घर पुरेपछि विस्थापित भएर सो राजमार्ग छेउमा बस्न बाध्य भएका हुन् ।