📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पशुपति क्षेत्रमा एक भक्तजन एक वृक्षरोपण अभियान

🕒 July 28, 2022

साउन महिना पारेर पशुपति क्षेत्रमा एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको छ ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा आजदेखि एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको हो । अभियानको सुरुआत गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रका खुला क्षेत्रमा धार्मिक प्रजातिका वृक्षरोपणलाई तीव्रता दिन निर्देशन दिनुभयो ।

विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।

रोपेका बिरुवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई उहाँले निर्देशन दिनुभयो । पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपीपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाउने योजना कोषको छ ।

कार्यक्रममा खाँदवारी नगर प्रमुख महेश थपलियाले एक लाख रुद्राक्षको बिरुवा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सो अवसरमा मुख्यसचिव शङ्करदास वैरागी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, महानगरपालिका वडा नं ७ का अध्यक्ष विनोद हाडा, वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र वडा नं ९ का अध्यक्ष रामजी भण्डारीलगायतले वृक्षरोपण गर्नुभएको थियो ।

वृक्षरोपण अभियानका लागि जेबी फाउण्डेशनका अध्यक्ष जगदीश वैद्यले पनि अम्बासहित धार्मिक प्रजातिका ५१ हजार ९०० बिरुवा हस्तान्तरण गर्नुभएको थियो । यो अभियानअन्तर्गत साउन महिनाभर पशुपति क्षेत्रमा बिरुवा रोपिने जनाइएको छ ।