📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

लुटिएको रकमसहित दुई युवक पक्राउ

🕒 July 28, 2022

महिलाको रकम लुटेर फरार रहेका दुई युवालाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ निवासी २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ ।सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार बिदेशबाट श्रीमान्ले पठाएको रु दुई लाख जनकपुरधामको मिल्स एरियास्थित एभरेष्ट बैंकबाट झिकेर प्लाष्टिकको झोलामा रकम र मोबाइल बोकी आउँदै गर्दा लुटेर उनीहरु फरार भएका थिए ।

घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटिएको रकमसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । पक्राउ परेका जितेन्द्रको साथबाट लुटिएको मोबाइल र रु ५४ हजार तथा दीपेन्द्रको साथबाट रु ७८ हजार बरामद भएको उहाँले बताउनुभयो ।