📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बिरामीलाई रगत निःशुल्क

🕒 July 31, 2022

पर्साको वीरगञ्ज महानगरपालिका–१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन वडा कार्यालय र रक्तसञ्चार केन्द्र, वीरगञ्जबीच सम्झौता भएको छ ।

विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको वीरगञ्ज–१० का वडाअध्यक्ष साह कानुले बताउनुभयो । उहाँका अनुसार वडाले निःशुल्क रगत सेवाका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा रु तीन लाख बजेट छुट्याएको छ । वडाध्यक्ष कानुले नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई पहलो चरणमा रु एक लाखको चेक हस्तान्तरण गर्नुभयो ।

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको रु एक हजार ५० सेवा शुल्क लिने गरेको छ । तर वडा नम्बर १० का बासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गएमा निःशुल्क रगत प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ ।