लगातारको वर्षात्ले घरहरू डुवानमा – News Nepal Media
Trend

लगातारको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा परेका
छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको हो ।

काहुँ आसपासबाट सोहोरिएर आएको पानीले यहाँका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । बस्ती डुवानमा परेपछि बेलुकादेखि नै क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको जानकारी दिँदै उहाँले अपरान्हबाट पानी रोकिएका कारण केही सहज हुने अपेक्षा गरिएको बताउनुभयो । कमलपोखरी क्षेत्रमा वर्सेनि बाढीको समस्या हुने गरेको बताउँदै उहाँले यसको दीर्घकालीन समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने देखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP