लगातारको वर्षात्ले घरहरू डुवानमा

लगातारको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा परेका
छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको हो ।

काहुँ आसपासबाट सोहोरिएर आएको पानीले यहाँका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । बस्ती डुवानमा परेपछि बेलुकादेखि नै क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको जानकारी दिँदै उहाँले अपरान्हबाट पानी रोकिएका कारण केही सहज हुने अपेक्षा गरिएको बताउनुभयो । कमलपोखरी क्षेत्रमा वर्सेनि बाढीको समस्या हुने गरेको बताउँदै उहाँले यसको दीर्घकालीन समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने देखिएको बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *