📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

विपद् व्यवस्थापन सहयोग सामग्री हस्तान्तरण

🕒 August 1, 2022

काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकालाई विपद्मा पर्ने नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले विपद् व्यवस्थापन सहयोग सामग्री उपलब्ध गराइएको छ । नेपाली कांगे्रस भुम्लु गाउँपालिका इकाई समिति, नेपाल विद्यार्थी सङ्घ काभ्रेपलाञ्चोक र तरुण दल काभ्रेपलाञ्चोकले गाउँपालिकालाई संयुक्त रुपमा जस्तापाता र त्रिपाल उपलब्ध गराएको हो ।

अविरल वर्षाका कारण भुम्लु गाउँपालिकाको विभिन्न स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेर नागरिकलाई समस्या भएपछि गाउँपालिकामाफर्त नागरिकलाई सहयोग गर्न सो सामग्री उपलब्ध गराएको हो । “अविरल वर्षासँगै गाउँपालिकाको विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुगेपछि नागरिकको सहयोगको लागि हामीले संयुक्त रुपमा जस्तापाता र त्रिपाल उपलब्ध गराएका हौँ”, नेपाल विद्यार्थी सङ्घका नेता अञ्जनराज खतिवडाले भन्नुभयो, “यस सामग्रीले पीडित नागरिकलाई थोरै भए पनि राहत मिल्नेछ ।”

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले विपद्बाट समस्यामा परेका नागरिकलाई सहयोगको लागि उपलब्ध गराइएको सामग्रीले पालिकालाई समेत ठूलो हौसला मिलेको बताउनुभयो । गाउँपालिकालाई उपलब्ध गराएको सामग्रीमा १५ बण्डल जस्तापाता र ८ थान त्रिपाल रहेको छ ।

भुम्लु गाउँपालिकाको सापिङ, चौवास, सिमथली र खेबसिम्ले लगायतको ठाउँमा अविरल वर्षाका कारण पहिरो गएपछि करिब २४ घर परिवारलाई स्थान्तरण नै गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । पहिरोका कारण अति समस्यामा रहेको सापिङका महतबस्तीका नागरिकको अस्थायी व्यवस्थापनको लागि गाउँपालिकाले पनि आवश्यक जस्तापाता खरिद गरेर अस्थायी बासस्थान निर्माणको काम गरिरहेको र अन्य ठाउँमा पनि क्रमशः व्यवस्थापन गर्दै जाने पालिका अध्यक्ष भुजेलले बताउनुभयो ।