📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मोेटरसाइकल चोरी गर्ने गिरोह पत्ता लाग्यो

🕒 August 3, 2022

प्रहरीले महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबास नगर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पारेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित सेञ्चुरी बैंक अगाडिबाट चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा चोरीमा संलग्न गिरोह फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो । मोटरसाइल चोरीमा संलग्न यादव, उनका भाइ रामलक्ष्मण यादव र भङ्गाहा–४ का सुनिलकुमार रामलाई प्रहरीले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।

पछिल्लो समय बर्दिबासमा दिउँसै मोटरसाइकल चोरी हुने घटना बढ्दै गएको छ । केही दिन अघि बर्दिबास–१ स्थित रेडियो बर्दिबास परिसरबाटै मोटरसाइकल चोरी भएको थियो । बर्दिबास र गौशाला बजारमा घरको भित्ता फोरेर चोरी क्रमसमेत बढेको प्रहरीले जनाएको छ ।