कान्ति लोकपथको देवीसाँधमा पहिरो – News Nepal Media
Trend

काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकपथ अन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको देवीसाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । भारी वर्षात भएसँगै मङ्गलबार उक्त ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हो ।

पहिरोले सो वडासँगै वडा नं २ माल्टा, ४ प्यूटार, ५ इकुडोल, ६ आस्राङ, ७ गिम्दी तथा सो लोकपथ भएर फापरबारी हुँदै मन्थली जाने र हेटाँैडा यात्रा गर्ने सडक अवरुद्ध भइरहेको स्थानीय रमेशकुमार सञ्जेलले बताउनुभयो । त्यस्तै विद्युत अवरुद्ध हुनुका साथै दूध र तरकारी ढुवानी समेत रोकिएको छ ।

गाउँपालिकाबाट दैनिक काठमाडौँका बजार पुग्ने पाँच देखि ६ हजार किलो तरकारीसमेत बेच्न नपाएर नष्ट गर्नुपरिरहेको स्थानीय शिवप्रसाद सञ्जेलले बताउनुभयो । उक्त पहिरो खुलाउन प्रयास भइरहेको
छ । आज दिउँसो वर्षा नभए साँझसम्म स्काटभेटर लगाएर पहिरो खुलाउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP