📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

स्वास्थ्य सेवा सुदृढीकरणका प्रतिष्ठान र तिलागुफाबीच सम्झौता

🕒 August 4, 2022

स्वास्थ्य सेवा सुदृढीकरणका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कालिकोटको तिलागुफा नगरपालिकाबीच सम्झौता भएको छ । तिलागुफा नगर अस्पतालमा विषेशज्ञ सेवा सञ्चालनका लागि ती दुई निकायका बीचमा सम्झौता भएको हो ।

प्रतिष्ठान रजिष्ट्रार नृपेन्द्र महत र तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

नगर अस्पतालमा नियमित सेवा सुरु गर्न एक औपचारिक कार्यक्रमकाबीच शुभारम्भ गरी नियमितरूपमा स्वास्थ्य सेवा पाउने नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो । “नगरवासीले उपचारका लागि टाढा नगई घर नजिकै उपचार पाउने सुनिश्चितता गरिएको छ ।” उहाँले भन्नुभयो, “अबका दिनमा विषेशज्ञ सेवा नगरपालिकामा नै उपलब्ध हुनेछ ।”

प्रतिष्ठानको साताँै सभाले निर्णय गरी कर्णाली प्रदेशका सबै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय तह तथा सरकारी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने र प्राविधिक सहयोग गर्ने उद्देश्यअनुरुप नै प्रतिष्ठान र तिलागुफा नगरपालिकाबीच सम्झौता भएको जनाइएको छ । “नरपालिकाको स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक खटाउने छौँ”, उहाँले भन्नुभयो, “प्रतिष्ठानले विशेषज्ञ सेवाका लागि महिनामा कम्तीमा एकपटक विशेषज्ञ चिकित्सकद्वारा क्याम्प सञ्चालन हुनेछ ।”

नगरपालिका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने गुणस्तर सेवा विस्तार सुधार गर्दै नगर अस्पताल राँचुली स्वास्थ्य संस्थाबाट नियमित विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता भएको नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो । “प्रतिष्ठानले गुणस्तरीय छिटो र छरितो स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नेछ ।” उहाँले भन्नुभयो, “नगरपालिका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।”